+
+

‘माइली’ एल्बम सार्वजनिक गर्दै अंकिताले घोषणा गरिन् सांगीतिक टुर

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १० गते १३:३७

काठमाडौं । ‘माइली’ गीतबाट चर्चा कमाएकी गायिका अंकिता पुनको सोही नामबाट एल्बम सार्वजनिक भएको छ । ललितपुरको मोक्ष रेस्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा पोस्टरसहित एल्बम सार्वजनिक गरिएको हो ।

सार्वजनिक पोस्टरमा अंकिताकै स्केच छ जसलाई कलाकार सुजन राईले बनाएका हुन् । एल्बम सार्वजनिकसँगै उनको पहिलो सांगीतिक भ्रमण योजनाबारे पनि जानकारी गराइयो । भारतको दार्जिलिङ र सिक्किमबाट अगस्टको दोस्रो हप्तादेखि सांगीतिक भ्रमण सुरु हुने आयोजक पूर्वाञ्चल रक्सले जनाएको छ ।

त्यसपछि काठमाडौं, पोखरा, बुटवल, दाङ, इटहरी, बिर्तामोडलगायत प्रमुख सात सहरमा अंकिताले आफ्नो संगीत प्रस्तुत गर्ने कार्यक्रम रहेको सांगीतिक भ्रमणका व्यवस्थापक सुसन राईले जानकारी दिए । नेपाल भ्रमण सकिएपछि विदेश भ्रमणको तयारी सुरु हुने भन्दै उनले हालसम्म अस्ट्रेलियाका केही सहरमा सांगीतिक भ्रमण तय भइसकेको उनले बताए ।

कार्यक्रममा अंकिताले पहिलो देश विदेश सांगीतिक भ्रमणको संघारमा आइपुग्दा आफू धेरै उत्साहित र अलिअलि नर्भस पनि भएको बताइन् । ‘माइली’ एल्बममा माइली, चार दिन चार जुनी, सखी, ऐना म, आधार, सिजेन्रो र माया त यस्तै हो बोलका गीत समावेश छन् । सातमध्ये माइली, चार दिन चार जुनी र सखी गीतका तीन वटा गीतको म्युजिक भिडियो यसअघि नै सार्वजनिक भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?