+
+

सुन प्रकरणमा कांग्रेस सांसदले नै मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १० गते १५:२५

१० साउन, काठमाडौं । प्रतिनिधिसभामा नेपाली कांग्रेसकै सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् । सांसद सुनिल शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गरेका हुन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक क्वीन्टल सुन बरामद भएको घटनामा भरियामात्र पक्राउ गरेको र मुख्य दोषी पक्राउ गर्न न सकेको भन्दै उनले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका हुन् ।

‘उहाँहरुले भरियामात्र होइन, मुख्य दोषीलाई पक्डियौं भन्नुपर्थ्यो , समय लिने हो भने ३ दिन ५ दिनभित्र समात्छु भन्न सक्नुपर्थ्यो ’ उनले भने, ‘होइन भने अनुसन्धान प्रक्रिया सहज बनाउन, सुनको मालिक पत्ता नलागेसम्म उहाँहरुले राजीनामा दिनुपर्छ ।’

उनले प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड फर्केपछि आफू यो विषय उठाएर आमरण अनसन बस्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?