+
+

एमालेले भन्यो : गृहमन्त्रीले स्टन्ट मात्र गरे, सुन तस्करीको उच्चस्तरीय छानबिन होस्

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १० गते १५:२८

१० साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीको छानबिनका नाममा गृहमन्त्रीले स्टन्ट मात्र गरेको भन्दै उच्च स्तरीय छानबिन समिति बनाउन माग गरेको छ ।
बुधबार बसेको संसद बैठकमा आकस्मिक समय लिएर बोलेका एमाले प्रमुख सचेतक पदम गिरीले भन्सारबाट पास भएको १०० किलो सुन राजश्व अनुसन्धान विभागले ३ साउनमा बरामद गरेको उल्लेख गरे ।

‘राजश्व अनुसन्धान विभागलाई सूचना प्राप्त हुँदा प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीलाई थियो कि थिएन ? अवश्य थियो’ उनले भने, कर्मचारीको सेटिङले मात्र यस्तो सुन तस्करी भएको छैन ।’

पछिल्लो २३ महिनामा २० विन्टलभन्दा बढी सुन तस्करी भएको दाबी गर्दै उनले भने, ‘यसको संरक्षण कसले गर्‍यो ? गृहमन्त्रीले गर्नु भएको हो कि होइन ? प्रधामन्त्रीले गर्नु भएको हो कि होइन ? अर्थमन्त्रीले गर्नु भएको हो कि होइन ।’

गृहमन्त्री नारायणकाजी श्रेष्ठले जुन सुकै कोट वा टार होस् म कारबाही गर्छु भनेर जजनतामा भ्रम छरेको भन्दै उनले भने, ‘गृहमन्त्री अब कुर्सीमा बस्न कुनै पनि हिसाबले लायक हुनुहुन्न । अब कुन नैतिक धरातलमा त्यो पदमा बस्न सुहाउँछ ?’

मन्त्रीहरुको सेटिङमा सुन तस्करी भएको दाबी गर्दै एमाले प्रमुख सचेतक गिरीले यसबारे छानबिन गर्न संसदले उच्चस्तरीय समिति बनाउनुपर्ने माग गरे । उच्चस्तरीय छाबिन हुने र जरासम्म पुग्ने सुनिश्चितता नभए संसद अघि बढ्न नसक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?