+
+

भक्तपुरबाट लागु औषधसहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ११ गते १३:२६

११ साउन, काठमाडौं । भक्तपुरबाट दुई जना लागू औषधसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका वडा नं. ७ घर भई हाल भक्तपुर नगरपालिका वडा नं. ५ आदर्श बस्ने २२ वर्षीय समिर आलम र सुनसरी घर भई हाल भक्तपुर नगरपालिका वडा नं. ५ भेलुखेल बस्ने १९ वर्षीय अर्जुन परियार रहेका छन् ।

उनीहरुको साथबाट डाइजेपाम, फेनारगन र नोरफिन आठ/आठ थान तथा पाँच थान सिरिन्ज बरामद भएको सूचना अधिकारी बसन्त पाठकले जानकारी दिए ।

बुधबार बेलुका साढे ६ बजे प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको प्रहरी टोलीले हनुमानघाटमा चेकिङ गर्ने क्रममा उनीहरुलाई लागू औषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?