+
+

काठमाडौंमा खैरो हेरोइन सप्लाई आरोपमा ७२ वर्षीय वृद्धसहित १० जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २८ गते १३:५९

२८ चैत, काठमाडौं । लागु औषध नियन्त्रण ब्यूरोको टोलीले विभिन्न ठाउँबाट १० जनालाई लागु औषधसहित पक्राउ गरेको छ ।

विभिन्न ठाउँबाट पक्राउ परेकाहरुलाई ब्यूरोको टोलीले बुधबार सार्वजनिक गरेको छ । जसमा ७२ वर्षीय वृद्ध समेत रहेका छन् । सप्तरीको राजविराज नगरपालिका–९ का ७२ वर्षीय प्रमानन्द मेहतालाई प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–४ बाट २० चैतमा पक्राउ गरेको छ ।

७२ वर्षीय मेहता काठमाडौंलाई केन्द्रमा बनाएर लागु औषध खैरो हेरोइन कारोबार गर्ने मुख्य व्यक्ति रहेको ब्यूरोका एसपी तथा प्रवक्ता रामेश्वर कार्कीले बताए । उनीसँग लागु औषध किन्दै गरेको अवस्थमा बुढानिलकण्ठका ३६ वर्षीय विकास कार्की समेत पक्राउ परेका थिए । उनीहरुबाट ७२ ग्राम खैरो हेराइन बरामद भएको थियो ।

ब्यूरोको टोलीले १९ चैतमा काठमाडौं महानगरपालिका–१६ बाट मोरङको उर्लाबारी नगरपालिका–३ का ३४ वर्षीय नवीन धिताललाई १४ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो ।

२१ चैतमा भारतीय नागरिक विकास कुमारलाई १५ गा्रम ५०० मिलिग्राम खैरो हेरोइनसहित ब्यूरोले पक्राउ गरेको थियो । त्यसैगरी चाबहिलबाट धरानका २६ वर्षीय सञ्जय लिम्बू र मोरङका विकास मण्डल २४ ग्राम ८५० मिलिग्रामसहित खैरो हेरोइनसहित पक्राउ परेका थिए ।

भारत सितामणका २६ वर्षीय धिरज कुमार, सिरहाको मिचैर्याका धिरजकुमार साह, सिरहाकै २५ वर्षीइ सुरेश तामाङ र रामेछापका २५ वर्षीय छिरिङ तामाङलाई पक्राउ गरिएको प्रवक्ता कार्कीले बताए ।

पक्राउ परेका सबैविरुद्ध लागु औषध सम्बन्धीको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?