+
+

कैलालीमा लागुऔषधसहित प्रहरी सहायक हवल्दार पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २४ गते १९:४२

२४ पुस, धनगढी । कैलालीमा लागुऔषधसहित नेपाल प्रहरीका सहायक हवल्दार पक्राउ परेका छन् ।

नेपाल प्रहरीको धनगढी गणमा कार्यरत प्रहरी सहायक हवल्दार विष्णु चौधरीलाई लागुऔषध ब्राउनसुगरसहित आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनी प्रहरी गणमा सवारी चालकका रुपमा समेत कार्यरत थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दकाअनुसार उनको साथबाट २० ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरिएको छ ।

उनीसँग जोडिएका अन्य व्यक्तिलाई पक्राउ गरेपछि विस्तृत विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?