+
+

नेपाली शेर्पासहित नर्वेजियन आरोहीले ९२ दिनमा १४ हिमाल चढेर राखे कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ११ गते १६:१३

११ साउन, काठमाडौं । नेपाली शेर्पासहित नर्वेजियन आरोहीले ९२ दिनमा १४ वटा हिमाल चढेर कीर्तिमान राखेका छन् ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाका अनुसार ८ हजार मिटर भन्दा अग्ला १४ हिमालको ९२ दिन भित्र आरोहण गरी तेन्जिङ लामा शेर्पा र क्रिस्टिन हरिलाले यो रेकर्ड बनाएका हुन् ।

उनीहरूले बिहीबार नेपाली समय अनुसार साढे ११ बजे संसारकै दोस्रो अग्लो चुचुरो माउण्ट केटू आरोहण गरेका थिए । यससँगै उनीहरुले यस्तो कीर्तिमान बनाएको अध्यक्ष शेर्पाले जानकारी दिए । उनले यो रेकर्डका लागि बधाई समेत दिएका छन् । तेन्जिङ भने क्रिस्टिनको गाइडका रुपमा आरोहणमा खटिएका थिए ।

यसअघि निर्मल पूर्जाका नाममा ६ महिना ६ दिनमा १४ हिमाल आरोहण गरेको कीर्तिमान रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?