+
+

ब्रोडले असेसपछि सन्यास लिने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १४ गते ७:२६

१४ साउन, काठमाडौं । इंग्लिस फास्ट बलर स्टुअर्ट ब्रोडले जारी एसेस शृंखलापछि क्रिकेटबाट सन्यास लिने भएका छन् ।

ओभलमा जारी पाँचौ टेष्टअन्तर्गत शनिवार तेस्रो दिनको खेल खेल्नुअघि ब्रोडले आफ्नो साथी जेम्स एन्डरसन र जो रुटलाई सन्यासबारे जानकारी गराएका थिए ।

‘यो उत्कृष्ट यात्रा रह्‍यो । नटिङह्यामसायर र इंग्ल्याण्डको ब्याज लगाउन पाउनु मेरो लागि ठूलो अवसर हो,’ तेस्रो दिनको खेल सकिएपछि ब्रोडले स्काइ स्पोर्ट्ससँग भने, ‘र म क्रिकेटलाई पहिले जति माया गर्छु। यो एक हिस्सा बन्नको लागि धेरै राम्रो शृंखला भएको छ, र म सधैं शीर्षमा समाप्त गर्न चाहन्छु। र यो शृङ्खला मैले खेलेको मध्ये सबैभन्दा धेरै रमाइलो र मनोरञ्जनातम्क भएको जस्तो लाग्छ।’

ब्रोड टेष्ट क्रिकेटमा सर्वाधिक विकेट लिनेमा पाँचौ स्थानमा छन् भने फास्ट बलरमध्ये टिममेट एण्डरसन भन्दा पछि दोस्रोमा छन् । १६७ टेष्ट खेलमा उनले ६०२ विकेट लिएका छन् ।

श्रीलंकन मुथैया मुरलीधरनले सर्वाधिक ८०० विकेट लिंदा अष्ट्रेलियन लेजेण्ड शेन वार्नले ७०८, जेम्स एण्डरसनले ६९० र भारतीय पूर्वकप्तान अनिल कुम्बलेले ६१९ विकेट लिएका छन् ।

३७ वर्षीय ब्रोडले इंग्ल्याण्डका लागि १२१ ओडिआई र ५६ टी-२०आई म्याच समेत खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?