+
+

महिला विश्वकपमा कोलम्बियाले हरायो जर्मनीलाई

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १४ गते १७:४९

१४ साउन, काठमाडौं । मानुएला भानेगासले ९७ औं मिनेटमा निर्णायक गोल गरेपछि कोलम्बियाले २०२३ फिफा महिला विश्वकपमा जर्मनीलाई पराजित गरेको छ ।

दक्षिण अमेरिकी टोलीलाई अग्रता दिलाउन ५२औं मिनेटमा लिन्डा क्यासेडोले उत्कृष्ट गोल गरे पनि ८९औं मिनेटमा अलेक्जान्ड्रा पपको पेनाल्टीमा जर्मनीले बराबरी गरेको थियो ।

९७औं मिनेटमा कर्नरमा आएको बललाई हेडमार्फत जाली चुमाउँदै भेनेगासले सिड्नी फुटबल स्टेडियम उपस्थिति कोलम्बियाका समर्थकलाई खुसी दिइन् ।

यो सन् १९९५ पछि विश्वकपको समूह चरणमा जर्मनीको पहिलो हार हो ।

यो समूहको अन्तिम चरणका खेल ३ अगस्टमा हुनेछन्, कोलम्बियाले मोरक्को र जर्मनीले दक्षिण कोरियाको सामना गर्नेछ ।

समूहको शीर्ष स्थानमा रहेको कोलम्बियाको ६ अंक छ । नक आउट नजिक पुगेको कोलम्बियालाई समूह विजेता हुन एक अंक चाहिन्छ । मोरक्को र जर्मनीको समान ३ अंक छ भने कोरियाको कुनै अंक छैन ।

 

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?