+
+

सूचीकृत कम्पनीको बोनस सेयरको कर नगद लाभांशबाट मिलान गर्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १४ गते १८:१२

१४ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले बोनस सेयर जारी गर्दा सूचीकृत कम्पनीले नगद लाभांशबाट मिलान गर्ने व्यवस्था गर्ने घोषणा गरेको छ ।

हाल कतिपय सूचीकृत कम्पनीले लाभांशको रुपमा बोनस सेयर जारी गर्ने तथा कर प्रयोजनका लागि नगद लाभाँश व्यवस्था नगर्दा सेयरधनीले नै बोनस सेयरको कर तिर्नुपर्ने अवस्था थियो ।

नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोनस सेयरमा लाग्ने करलाई नगद लाभांशबाट मिलान गर्ने व्यवस्था गर्न आवश्यक निर्देशन जारी गर्ने घोषणा गरेको हो ।

यस्तै बोर्डले धितोपत्र बजार, वस्तु बजार तथा व्यवसायीहरूलाई प्रभावकारी सुपरिवेक्षण गर्नका लागि सुपरिवेक्षण म्यानुअल तयार गरी कार्यान्वयनमा ल्याउने बताएको छ । धितोपत्र दलाल व्यवसायीहरूको अनुगमन तथा सुपरिवेक्षण कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन जोखिममा आधारित सुपरिवेक्षण ढाँचा लागू गर्ने घोषणा बोर्डले गरेको छ ।

यस्तै निक्षेप खाता खोल्ने प्रक्रियामा ‘भिडियो बेस कस्टुम आइडेन्टीफिकेसन लागू गर्न सहजीकरण गर्ने घोषणा बोर्डले गरेको छ ।
प्रादेश कार्यालय खोल्ने

बोर्डले संघीय संरचना अनुरूप बोर्डको काम कारवाहीलाई काठमाडौं बाहिरसमेत विस्तार गर्न प्रादेशिक कार्यालय खोल्ने योजना पुन अगाडि बढाएको छ ।

बोर्डको विगतको नीति तथा कार्यक्रममा नै आएको उक्त योजना पुनः दोहोरिएको हो । पहिलो चरणमा दुई वटा प्रदेशमा प्रादेशिक नियमन संरचना स्थापना गर्न आवश्यक अध्ययन गर्ने बोर्डले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?