+
+

कल्याणकारी कोषबाट ३ खेलाडीलाई उपचार खर्च

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १७ गते १८:२३

१७ साउन, काठमाडौं । खेलाडीलाई आपत् विपदमा सहयोग गर्ने उद्देश्यले स्थापित राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ३ जना खेलाडीलाई उपचार खर्च प्रदान गरेको छ ।

कोषका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले ३ खेलाडीलाई उपचार खर्च रकमको चेक बुधबार हस्तान्तरण गरे ।

उपचार रकम प्राप्त गर्ने खेलाडीहरुमा टेवल टेनिसकी सेलिशा खड्गी, टेवल टेनिसका चन्दन शाही र एथलेटिक्सकी अञ्जु खड्का छन् ।

क्यान्सर रोगको उपचारमा रहेकी खड्गीका दाजुलाई २ लाखको चेक हस्तान्तरण गरिएको हो । उनी भारतमा उपराचाररत छिन् ।

शारीरिक अस्वस्थताका कारण ट्रमा सेन्टर वीर अस्पतालमा उपचाररत चन्दन शाहीलाई १ लाख रुपैयाँको चेक हस्तान्तरण गरियो ।

स्कुटर दुर्घटनामा परेकी एथलेटिक्सकी अञ्जुलाई १ लाखको चेक हस्तान्तरण गरियो । अञ्जु केएमसी हस्पिटलमा उपचाररत छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?