+
+

आईएमई लाइफ इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १८ गते १४:२९

१८ साउन, काठमाडौं । प्रिमियम मूल्यमा आईपीओ जारी गरेको आईएमई लाइफ इन्स्योरेन्सको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । १८ साउन बिहीबार नेप्से र आईएमई लाइफ इन्स्योरेन्स बीच सेयर सूचीकृत सम्झौता भएको हो ।

कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएसँगै आइतबारदेखि दोस्रो बजारमा कम्पनीको सेयर कारोबार सुरु हुने भएको छ । नेप्सेले कम्पनीका सेयरलाई पहिलो कारोबारका लागि १७६ रुपैयाँ ५३ पैसादेखि ५२९ रुपैयाँ ५९ पैसासम्म ओपनिङ रेञ्ज तोकेको छ ।

पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणको नेवटर्थदेखि नेटवर्थको ३ गुणासम्म नेप्सेले ओपनिङ रेञ्ज तोक्ने गर्छ । नेप्सेको स्पेशल प्री-ओपन सेसनमा कम्पनीको सेयर उक्त रेञ्जको जुनसुकै मूल्यबाट कारोबार सुरु हुनसक्छ ।

स्पेशल प्री-ओपन सेसनमा कारोबार नभएमो दोस्रो बजारमा कारोबार सुरु गर्न पुनः अर्को कारोबार दिन पर्खनुपर्छ ।

कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ प्रिमियम सहित २३६ रुपैयाँमा प्रतिकित्तामा आईपीओ निष्कासन गरेको थियो । कम्पनीको कुल ४ अर्ब रुपैयाँ बराबरबो १०० रुपैयाँ अंकित मूल्यका ४ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । जसमध्ये १ करोड २० लाख कित्ता साधारण सेयर र २ करोड ८० लाख कित्ता संस्थापक सेयर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?