+
+

बचत फिर्ता माग्दै काठमाडौंमा सहकारी पीडितको प्रदर्शन

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८० साउन १८ गते १५:१९

१८ साउन, काठमाडौं । विभिन्न सहकारीमा पैसा बचत गरेका सर्वसाधारणले बिहीबार काठमाडौंंमा प्रदर्शन गरेका छन् ।

माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका उनीहरुले सहकारी संस्थाहरुमा आफूले बचत गरेको रकम फिर्ता पाउनुपर्ने माग गरेका छन् ।

बचतकर्ताको प्रदर्शनमा बिजुलीबजारमा प्रहरीले हस्तक्षेप गरेको थियो । बानेश्वर एभरेस्ट होटल अगाडि प्रहरीले सडकमा बार लगाएर निषेधित क्षेत्रमा प्रदर्शन गर्न रोकेको छ । त्यस क्रममा प्रहरीसँग केहीबेर धकेलाधकेल पनि भएको थियो ।

उनीहरुले आफ्नो बचत रकम ब्याजसहित फिर्ता पाउनुपर्ने, सहकारी पीडितलाई राज्य कोषबाट रकम फिर्ता गर्नुपर्ने लगायतका माग राखेका छन् ।

हेर्नुहोस् तस्वीरहरू :

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?