+
+

हरिवंशले ल्याए ‘ए केटा मादलु पड्का’

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १८ गते १७:४७

काठमाडौं । अभिनेता तथा गायक समेत रहेका हरिवंश आचार्यले नयाँ गीत ‘ए केटा मादलु पड्का’ ल्याएका छन् । उनकै शब्द, संगीत र स्वरमा रहेको गीत बिहीबार युट्युबमा सार्वजनिक भएको छ ।

रमाइलो शैलीको यो गीतमा हरिवंशलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । गीतको भिडियोमा हरिवंशसहित प्रियंका कार्की र सरोज वलीले अभिनय गरेका छन् । ‘काउली’पछि हरिवंश र शान्तिश्रीबीच यो दोस्रो सांगीतिक सहकार्य हो ।

‘काउली’लाई अहिलेसम्म एक करोड ३२ लाख पटक हेरिएको छ । त्यतिबेला टिकटक लगायतका सामाजिक सञ्जालमा काउली गीत हिट भएको थियो । छोटो समयमै यसले उल्लेखनीय भ्युज प्राप्त गर्न सकेको थियो ।

‘एक केटा मादलु पड्का’ गीतको भिडियोमा गम्भीर विष्टको निर्देशन, नवराज उप्रेतीको छायांकन र भुपेन्द्र अधिकारीको सम्पादन छ । अनलाइनखबरसँग कुरा गर्दै हरिवंशले चितवनको एक नाचगान जमघटमा यो गीत फुरेको जानकारी दिए ।

‘चितवनमा एउटा बेलुका नाचगान चलिरहेको थियो । म रमाइलो मुडमा पनि थिएँ । म आफैं रोमान्टिक मुडमा भएको बेला गीत फुर्‍यो । फुर्नेबित्तिकै हत्तपत्त गीतलाई मोबाइलमा रेकर्ड गरें । त्यसपछि काठमाडौं फर्किएर गीत तयार पारें,’ गीतको रचनागर्भबारे हरिवंशले भने, ‘पछि सरोज वलीले कर गरेपछि गीत रेकर्ड गराएको हुँ ।’ यो गीतको छायांकन काभ्रेको भकुण्डेबेंसी क्षेत्रमा गरिएको हो ।

कामको कुरा गर्दा भदौपछि हरिवंश केही फिल्ममा व्यस्त हुनेछन् । साथै अष्ट्रेलिया, बेलायत र नर्वेमा हुने कार्यक्रममा सहभागी हुनेछन् । साथै, जर्मनीको एक फेस्टिभलमा आफू अभिनित पछिल्लो फिल्म ‘महापुरुष’ले जितेको अवार्ड ग्रहण गर्न हरिवंश अगस्टको अन्त्यमा जर्मनी जाने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?