+
+

मन्दिरका पुजारीमथि चक्कु प्रहार

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १८ गते २१:५३

१८ साउन,बुटवल । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा रहेको एक मन्दिरका पुजारी माथि चक्कु प्रहार भएको छ ।

पाल्हीनन्दन गाउँपालिका वडा नम्बर २ भक्सिपुरमा रहेको रामजानकी मन्दिरका पुजारी ५५ वर्षीय जयसराज पाण्डे माथि चक्कु प्रहार भएको हो ।

एक व्यक्तिले बिहीबार दिउँसो साढे तीन बजेतिर पाण्डेको टाउकोमा चक्कु प्रहार गरी मोबाइल लुटेर फरार भएका प्रहरीले जनाएको छ ।

टाउकोमा चोट लागेका पाण्डेको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डीएसपी भोजराज पाण्डेयले जानकारी दिए ।

उनको पृथ्वी चन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ । चक्कु प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । पाण्डे दुई वर्षदेखि उक्त मन्दिरको पुजारी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?