+
+

माओवादी केन्द्रले थप्‍यो २२ महिला केन्द्रीय सदस्य

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १९ गते १५:३८

१९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले २२ जना महिला केन्द्रीय सदस्य थप गरेको छ ।

केन्द्रीय समितिमा ३५ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न विधान संशोधन गरेर २४ जना महिला थप्‍ने निर्णय गरेको थियो ।  तर, आज २२ जना महिला केन्द्रीय सदस्‍य थपेको छ भने २ जना महिला केन्द्रीय सदस्‍य पछि थप्‍ने माओवादी केन्द्रले जनाएको छ ।   थपिएका केन्द्रीय महिलाहरू आजदेखि केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् ।

यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको केन्द्रीय समिति बैठकमा ३५ प्रतिशत महिला थप गर्ने प्रस्ताव गरेका थिए ।  हाल माओवादी केन्द्रको केन्द्रीय समितिमा ३८५ जना छन्, २२ जना महिला थप गरेपछि ४०७ सदस्यीय हुनेछ ।

यी हुन् थपिएका महिला केन्द्रीय सदस्यहरू :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?