+
+

ईपीजी बनेर एक पटक पनि बैठक बस्न नसक्नु सरकारको कमजोरी : नीलाम्बर आचार्य

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १९ गते २०:४०

१९ साउन, काठमाडौं। भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्यले नेपाल-भारत प्रबुद्ध समूह (ईपीजी) संयन्त्र गठन भएर एक पटक पनि बैठक बस्न नसक्नु सरकारको कमजोरी रहेको बताएका छन् ।

शुक्रबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘छिमेकी सम्बन्ध र ईपीजी प्रतिवेदन’ विषयक संवाद कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘सीमा व्यवस्थापन होइन कि हाम्रो भौगोलिक सीमाहरुको जहाँ जहाँ समस्याहरु (कालापानी, लिपुलेक लगायत) छन् ठूला समस्या समाधानका लागि बेग्लै संयन्त्र गठन गरेका छौं दुई देशका बीचमा । तर, संयन्त्रको बैठक एकपटक पनि बस्दैन । यो नेपाल सरकारकै कमजोरी हो । ‘

उनले सीमा व्यवस्थापन मात्रै नभएर नेपालको भौगोलिक कालापानी, लिपुलेक लगायतमा विवाद रहेको बताए । उनले दुई देशबीच ठूला समस्या समाधानका लागि बेग्लै संयन्त्र गठन गरे पनि संयन्त्रको बैठक एकपटक बस्न नसकेको बताए ।

उनले भारतको सुरक्षा भारतको जिम्मेवारी भएको भन्दै नेपालबाट नकारात्मक प्रभाव पर्न नदिने विषयमा सजक रहेको बताए ।

उनले भने, ‘भारतको सुरक्षा भारतको जिम्मेवारी हो तर, हाम्रो तर्फबाट नकारात्मक प्रभाव पर्न दिंदैनौं । यसमा त नेपाल नै सजग छ त ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?