+
+

३ महिनामा नेपालबाट ५५ जना विदेशी निष्काशित, आधा चिनियाँ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २१ गते १४:०४

२१ साउन, काठमाडौं । गत वैशाखदेखि असारसम्मको तीन महिनाको अवधिमा नेपालबाट ५५ जना विदेशी नागरिक नेपालबाट निष्काशनमा परेका छन् । यसरी निष्काशनमा पर्नेमध्ये आधा चिनियाँ नागरिक रहेको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ ।

विभागका अनुसार वैशाख २०८० देखि असारसम्म २१ जना चिनियाँ नागरिक नेपालबाट निष्काशनमा परेका छन् । नेपालमा गैरकानुनी गतिविधिमा संलग्न र भिसा अवधि सकिएपछि पनि ओभरस्टेमा परेका विदेशीहरु नेपालबाट निष्काशनमा पर्ने गरेका छन् ।

निष्काशनमा पर्नेको दोस्रो स्थानमा अमेरिकी नागरिक छन् । उनीहरुको संख्या ७ रहेको छ । यमनका ४ जना, बेलायतका ३ र दक्षिण कोरिया, पाकिस्तान, रुस, क्यामरुन, बंगलादेश र श्रीलंकाका २/२ जना व्यक्ति असारयता निष्काशनमा परेका छन् । भुटान, घाना, इरान, इटाली, पोर्चुगल, फ्रान्स, सुडान, क्यानडा र जर्मनीका १÷१ जना व्यक्ति समेत निष्काशित भएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?