+
+

डिफेन्डिङ च्याम्पियन अमेरिका महिला विश्वकप फुटबलबाट बाहिरियो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २१ गते १७:४६
अमेरिकालाई हराएपछि स्वीडेनका खेलाडी खुसी मनाउँदै ।

२१ साउन, काठमाडौं । पेनाल्टी सुटआउटमा स्वीडेनसँग ५-४ ले पराजित हुँदै डिफेन्डिङ च्याम्पियन अमेरिका महिला विश्वकप फुटबलको प्रिक्वार्टरफाइलनबाटै बाहिरिएको छ ।

निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटको समयमा पनि दुवै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको हो ।

१२० मिनेटको खेलमा पूरै समय स्वीडेनमाथि दबाब बनाए पनि गोल गर्नबाट चुक्दा अमेरिका पराजित भयो ।

स्वीडेनको लिना हर्टिङले निर्णायक प्रहार अमेरिकी गोल रक्षक अल्यास्स नहेरले रोकेको पनि थिइन् । तर भिडियोमा उनले रोक्नुअघि नै बलले गोल लाइन छोएको देखिएपछि भीएआरमार्फत त्यो बललाई गोल दिइएको थियो ।

विजेता स्वीडेनले क्वार्टर फाइनलमा अब जापानसँग खेल्ने छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?