+
+

मस्क र जुकरबर्ग बीचको कुस्ती पक्का, प्रत्यक्ष प्रसारण समेत हुने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २२ गते १२:३०

काठमाडौं । फेसबुकका संस्थापक मार्क जुकरबर्ग र एक्स (साविकको ट्वीटर) का मालिक एलन मस्कबीच कुस्ती भिडन्त पक्का भएको छ । साथै प्रविधि जगतका यी दुई अर्बपतिबीचको कुस्ती प्रत्यक्ष प्रशारण समेत हुने भएको छ ।

एलन मस्कले आइतबार एक्समा एक पोस्ट गर्दै मेटा सीईओ जुकरबर्गसँग हुने फलामे बारभित्रको कुस्ती (केज फाइट) को लाइभ स्ट्रिम अर्थात् प्रत्यक्ष प्रसारण गरिने बताएका छन् । उक्त भिडन्तको प्रत्यक्ष प्रशारण सोसल मिडिया प्लाटफर्म एक्स अर्थात् ट्वीटरमै हुनेछ । उक्त भिडन्तबाट हुने आम्दानीलाई परोपकारी कार्यका लागि दान गरिने पनि मस्कले दाबी गरेका छन् ।

स्मरण रहोस् केही महिनायता मस्क र जुकरबर्गबीच हुने कुस्तीको विषय चर्चामा रहँदै आएको छ ।

हालै Ultimate Fighting Championship (UFS)  का अध्यक्ष डाना ह्वाइटले पनि मस्क र जुकरबर्ग बीच कुस्ती भिडन्त हुने पुष्टि गरेका छन् । छिटै नै यी दुईबीच कुस्ती भिडन्त हुने बताएपनि उनले मिति चाहिँ खुलाएका छैनन् ।

यस्तो छ कुस्तीको कथा

वास्तवमा एलन मस्क र मार्क जुकरबर्गबीचको कुस्तीको कहानीको सुरुवात P92 परियोजनाबाट सुरु भएको थियो जसलाई मेटाले हालै ट्वीटरको प्रतिस्पर्धी थ्रेड्स नामको एपका रुपमा लञ्च गरेको छ ।

यस विषयमा मस्कले एपको दुनियाँका मेटाको दबदबालाई लिएर चिन्ता चाहेर गरेका थिए । मस्कको उक्त चिन्ताको जवाफमा एकजना प्रयोगकर्ताले मार्क जुकरबर्गसँग मस्कलाई सावधान हुन सुझाएका थिए । जुकरबर्गले मार्सल आर्ट Jiui Jitsu सिकेको हुनाले मस्क उनीसँग सतर्क हुनुपर्ने सुझाव ती सोसल मिडिया प्रयोगकर्ताको थियो ।

त्यसको जवाफमा मस्कले आफू केज फाइट (फलामे बारको पिँजडाभित्र गरिने कुस्ती) का लागि तयार भएको बताएका थिए । मस्कको सो प्रस्तावयुक्त ट्वीटको स्क्रिनसट इनस्टाग्राममा पोस्ट गर्दै मार्क जुकरबर्गले पनि आफू तयार भएको भन्दै भिडन्त कहाँ गर्ने ठाउँ बताउन भनेका थिए । त्यसपछि उनीहरु भिडन्त गर्ने ठाउँ Las Vegas Octagon मा तय भएको थियो ।

मार्क जुकरबर्ग र एलन मस्कबीच हुने पिँजडा भिडन्त (केज फाइट) एक प्रकारको कुस्ती हो जसमा दुईजना कुस्तीबाजहरु फलामे बारको पिँजडाभित्र विभिन्न कौशलसाथ कुस्ती खेल्दछन् ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?