+
+

डेनमार्कलाई हराउँदै अष्ट्रेलिया महिला विश्वकपको क्वार्टरफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २२ गते १८:४६

२२ साउन, काठमाडौं । डेनमार्कलाई २-० ले हराउँदै सहआयोजक अष्ट्रेलिया महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।

घरेलु दर्शकले खचाखट स्टेडियममा अष्ट्रेलियालाई जिताउन क्याट्लिन फोर्डले २९औं मिनेटमा र हेयली रास्सोले ७०औं मिनेटमा गोल गरे ।

अष्ट्रेलिया सन् २०१५ पछि पहिलो पल्ट क्वार्टरफाइनलमा पुगेको हो । उसले फ्रान्स र मोरक्को मध्ये एक टिमसँग शनिबार क्वार्टरफाइनलमा खेल्ने छ ।

यसअघि सन् २००७, २०११ र २०१५ मा  लगातार क्वार्टरफाइनलसम्म पुगेको अष्ट्रेलिया गत विश्वकपमा प्रिक्वार्टरफाइनलसम्म पुगेको थियो ।

सन् २००७ पछि पहिलो पटक विश्वकप खेलेको डेनमार्क भने सन् १९९१ र १९९५ मा पनि क्वार्टरफाइनलबाटै बाहिरिएको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?