+
+

सुन तस्करी प्रकरणबारे संसदमा गृहमन्त्रीले जवाफ दिने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते १५:५८

२३ साउन, काठमाडौं । संसदमा रहेका राजनीतिक दलहरुका बीचमा प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने सहमति भएको छ ।

सभामुख देवराज घिमिरेको पहलमा बसेको सबै दलका प्रमुख सचेतक र सचेतकहरुको छलफलमा सदनलाई नियमति रुपमा चलाउने सहमति भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

उनका अनुसार मंगलबार बस्ने प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा सबै दलबाट एक÷एक जना र स्वतन्त्र सांसद गरी १३ जनाले बोल्नेछन् । त्यसपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिनेछन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले त्रिुभवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्विन्टल सुनका विषयमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।

त्रिभुवन विमानस्थलबाट भन्सार पास भएर भित्रिएको झण्डै एक सय किलो सुन राजश्व अनुसन्धान विभागले २ साउनमा सिनामंगलबाट बरामद गरेको थियो । यस प्रकरणमा विमानस्थल भित्रका सरकारी संरचना र सुरक्षा संयन्त्रमाथि प्रश्न उठाउँदै एमालेले छुट्टै छानबिन समितिको माग राखेर साउन १० गतेयता संघीय संसद चल्न दिएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?