+
+

ओली र देउवासँग प्रचण्डको छुट्टाछुट्टै भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २४ गते १३:१९

२४ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको अवरोध खुलाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । विगतमा सामुहिक भेट्दै आएका प्रधानमन्त्री प्रचण्डले बुधबार छुट्टाछुट्टै भेटेका छन् ।

प्रधानमन्त्री निवास वालुवाटानरमा भएको भेटमा संसदमा जारी अवरोध र अन्य राजनीतिक विषयमा समेत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

एमालेले साउन १० गते यता प्रतिनिधि सभाको बैठकलाई कार्यसूचीमा प्रवेश गर्न दिएको छैन । संसद नचलेका कारण संसदीय समितिका सभापति चयन लगायतको प्रक्रिया समेत अगाडि बढ्न सकेको छैन ।

भेटमा प्रधानमन्त्री प्रचण्डले सरकारले प्राथमिकतामा राखेर संसदमा दर्ता गरेका विधेयकहरु अड्किएको र त्यसले नेपालकै छविलाई समेत अप्ठारो पार्न सक्ने भनी शीर्ष नेताहरुको समेत ध्यानाकर्षण गरेका छन् । मनि लाउन्डरिङ सम्बन्धी विधेयक, संक्रमणकालीन न्याय सम्बन्धी विधेयक र संवैधानिक पष्रिषद सम्बन्धी विधेयक पारित गर्नमा बिलम्ब भएको प्रधानमन्त्री प्रचण्डको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?