+
+

संसदको गतिरोधबारे राष्ट्रपतिको चासो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २५ गते १८:४१

२५ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको गतिरोधबारे चासो व्यक्त गरेका छन् । बिहीबार शीतल निवास आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनले संसदको अवरोध र सहमतिका लागि भइरहेको प्रयासबारे चासो राखेका हुन् ।

उनले भोलि शुक्रबार सभामुखलाई समेत भेट्ने तय भएको छ । सुन तस्करीबारे उच्चस्तरीय छानबिन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

भेटमा राष्ट्रपति पौडेलले संघीय शिक्षा ऐनबारे समेत चासो राखेका थिए । विधेयक विवादित भएको भन्दै उनले यसलाई सर्वस्वीकार्य बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेका शीतल निवास स्रोतले बताएको छ ।

साथै संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम आफ्नै कार्यकालमा टुंग्याउन समेत प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको शीतल निवास स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?