+
+

महिला विश्वकप फुटबलमा क्वाटरफाइनल खेल आजदेखि सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २६ गते ७:००

२६ साउन, काठमाडौं । अष्ट्रेलिया र न्युजिल्याण्डमा भइरहेको फिफा महिला विश्वकपमा आजदेखि क्वाटरफाइनल खेल सुरु भएका छन् ।

पहिलो खेलमा दुई युरोपेली राष्ट्र स्पेन र नेदरल्याण्ड्स खेल्दैछन् । यो खेल न्युजिल्याण्डको वेलिङ्टन रिजनल स्टेडियममा नेपाली समय अनुसार बिहान पौने ७ बजे सुरु भएको छ ।

स्पेनले अन्तिम १६ मा युरोपकै स्वlट्जरल्याण्डलाई तथा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हराएर क्वाटरफाइनल पुगेका हुन् ।

यस्तै दोस्रो क्वाटरफाइनल खेल एसियन राष्ट्र जापान र युरोपियन राष्ट्र स्वीडेनबीच हुनेछ । यो खेल एडेन पार्ककमा न]पाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ ।

जारी विश्वकपमा क्वाटरफाइनल खेल्ने टिममध्ये जापान मात्रै पूर्वविजेता हो ।

यस्तै शनिबार सहआयोजक अष्ट्रेलियाले फ्रान्स तथा इंग्ल्याण्डले कोलम्बियासँग क्वाटरफाइनल खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?