+
+

धितोपत्र बोर्डले दियो ३ कम्पनीलाई सेयर ब्रोकर लाइसेन्स

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २६ गते १५:०२

२६ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले ३ वटा धितोपत्र दलाल व्यवसायीलाई इजाजत दिएको छ । २४ साउनमा बसेको बोर्ड सञ्चालक समितिको बैठकले सीमित कार्य गर्ने तीन वटा सेयर ब्रोकरलाई लाइसेन्स दिएको नेपाल धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताए ।

जेबीएनएल सेक्युरिटिज कम्पनी, आरबीबी सेक्युरिटिज कम्पनी र सीबीआईएल सेक्युरिटिज कम्पनीलाई सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको इजाजत दिएको हो ।

धितोपत्र दलाल व्यवसायीका लागि बोर्डमा आवेदन दिएका ४३ कम्पनीलाई बोर्डले पूर्व स्वीकृति दिएको थियो । जसमध्ये ३२ वटा दलाल व्यवसायीले इजाजात पाएको बोर्डका प्रवक्ता श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?