 
																			२७ साउन, काठमाडौं । मौसम आज पनि देशभर बदली भई वर्षा भरहेको छ ।
देशका केही ठाउँमा भने भारी वर्षाको सम्भावना रहेकोले बाढी पहिरोको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनको न्युन चापीय रेखा सरदरभन्दा नेपालको नजिक रहेकोले केही दिन धेरै पानी पर्ने अनुमान महाशाखाले गरेको छ ।
आज गण्डकी प्रदेशका केही, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4