 
																			२७ साउन, काठमाडौं । काठमाडौंको चन्द्रागिरि-९ मच्छेगाउँमा मत्स्यनारायण मेला लागेको छ । सामान्यतया मलमासमा शुभकार्य हुँदैन तर मत्स्यनारायण मन्दिरमा मलमासभर एक महिना मेला लाग्दछ ।
यो मेलालाई पुरुषोत्तममास अर्थात् मलमास मेलाका रुपमा पनि लिने गरिन्छ । मलमासमै मेला लाग्नुका केही कथनहरू छन् ।
कथनअनुसार मलमासलाई नराम्रो महिनाको रुपमा सोच्न थालिएकोले भगवान पुरुषोत्तमले यसै समयमा आएर उत्तम बनाएका थिए । त्यसैले मलमासमा पुरुषोत्तममासका रुपमा मेला लगाउने गरिएको हो ।
यो मेला हरेक पाँच वर्षमा दुईपटक वा तीन वर्षमा एक पटक लाग्ने गर्छ । मेला अवधिभर १५/२० लाख दर्शनार्थी आउने अनुमान छ ।
यस वर्ष पनि साउन महिनामा मलमास परेकोले यो मेला लागेको छ । हेर्नुस् शनिबारका दिन मेलाका दृश्यहरू :
तस्वीरहरू : आर्यन धिमाल
 
  
  
  
  
  
  
  
  
  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4