+
+

धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वासको उपाधि अरहन्त र कृष्णालाई

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २७ गते १६:४०

२७ साउन, काठमाडौं । नेपालका नम्बर एक स्क्वास खेलाडी अरहन्त केशर सिन्हाले शनिबार पाँचौं धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता २०८० अन्तर्गत पुरुष एकलको उपाधि जितेका छन् । शनिबार सातदाेबाटाेमा भएकाे फाइनल खेलमा अरहन्तले दीपक थापालाई ११–६, ११–४, ११–८ ले हराए ।

महिला एकलमा कृष्णा थापाले पनि उपाधि रक्षा गरिन् । कृष्णाले विपना ब्लोनलाई ११–६, ११–९, ११–९ ले पराजित गरिन् ।
कृष्णाले गत वर्ष पनि विपनालाई नै हराएर उपाधि जितेकी थिइन् । विपनाले गत वर्ष नवौं राष्ट्रिय खेलकुदमा महिला एकलको उपाधि जितेकी थिइन् ।

यसैगरी ब्वाइज यु-१९ मा पासाङ ब्लोनले विकास मगरलाई ११–५, ८–११, ११–८, ११–५ ले पराजित गर्दै उपाधि जिते । यस प्रतियोगितामा पासाङको यो दोहोरो उपाधि हो । शुक्रबार पासाङ प्लेट विधामा पनि च्याम्पियन भएका थिए ।

यसैगरी मास्टर्स (प्लस ५०) एकल विधामा प्रवीणवीर सिंह कसाकारले फाइनलमा सुदीपबहादुर सिंहलाई ११–६, १२–१०, १०–१२, १०–६ ले हराएर उपाधि जिते ।

महिला र पुरुष दुव‌ैमा उपाधि विजेताले नगद २१ हजार प्राप्त गरे भने उपविजेताले १५ हजार तथा तेस्राे हुनेले ५ हजार रुपैयाँ पाए । यू-१९ मा विजेताले ११ हजार पाउँदा दाेस्राेले ६ हजार र तेस्राेले ३ हजार रुपैयाँ पुरस्कार पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?