+
+

डुरान्ड कप : आर्मीले चेन्नाइयीन एफसीसँग खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २९ गते १२:१२

२९ साउन, काठमाडौं । नेपालको ए डिभिजन क्लब त्रिभुवन आर्मी एफसीले डुरान्ड कपको दोस्रो खेलमा आज आइएसएल क्लब चेन्नाइयीनसँग खेल्दैछ ।

खेल गुहावाटीस्थति इन्दिरा गान्धी एथ्लेटिक स्टेडियममा हुनेछ । समूह ई अन्तर्गत पहिलो खेलमा आर्मीले अन्तिम समयमा अग्रता जोगाउन नसक्दा दिल्ली एफसीसँग १-१ को बराबरी खेलेको थियो ।

चेन्नाइयीनले भने पहिलो खेलमा आइएसएलकै हैदरवादलाई ३-१ ले पराजित गरेको थियो ।

चेन्नाइयीन ३ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

दुई खेल बराबरी खेलेको दिल्ली २ अंकसहित दोस्रोमा छ ।

आर्मी १ अंकसहित तेस्रो स्थानमा छ । आजको खेल जितेमा आर्मी शीर्ष स्थानमा उक्लने छ ।

एसियाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता डुरान्ड कपको यो १३२औं संस्करण हो र आर्मीले पहिलो पटक यस प्रतियोगिता खेलिरहेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?