+
+

भारतको हिमाचल प्रदेशमा पहिरो, १६ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २९ गते १३:०४

२९ साउन, काठमाडौं । भारत हिमाचल प्रदेशको सिमला पहिरोमा पुरिएर १६ जनाको मृत्यु भएको छ । स्थानीय प्रशासनका अनुसार सिमलामा ९ र सोलनमा ७ जनाको मृत्यु भएको हो ।

सिमलाको समर हिल नजिक रहेको शिव मन्दिर भत्किएको छ । मन्दिरको भग्नावशेषबाट ९ जनाको शव निकालिएको मुख्यमन्त्री सुखबिन्दर सिंह सुक्खुले जानकारी दिएका छन् । त्यहाँ झण्डै ५० जना पुरिएको अनुमान छ । साउने सोमबारको पूजा गर्न मन्दिरमा भेला भएकाहरु पहिरोमा पुरिएका हुन् ।

हिमाचल प्रदेशमा भारी वर्षा र पहिरोले जनजीवन प्रभावित भएको छ । केही जिल्लामा लगातार ४८ घण्टादेखि वर्षा भइरहेको छ । नदी र खोलामा बाढी उर्लिएको छ । सडक भत्किएर यातायात आवागमन प्रभावित भएको छ ।

मुख्यमन्त्री सिंहले हिमाचल प्रदेशको जनजीवन अस्तव्यस्त भएको बताएका छन् । सडकहरु अवरुद्ध भएकाले घर बाहिर ननिस्किन आग्रह गरेका छन् ।

भारतको मौसम विज्ञान विभागले शनिबार हिमाचल प्रदेशका आठ जिल्लामा भारी वर्षा हुने र त्यसले क्षति पुर्याउन सक्ने भन्दै चेतावनीयुक्त सूचना जारी गरेको थियो । उक्त सूचनापछि स्थानीय सरकारले सबै शिक्षणसंस्थाहरु बन्द गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?