+
+

डुरान्ड कप फुटबलमा आर्मी भारतको चेन्नाइयीनसँग पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २९ गते १७:४४

२९ फागुन, काठमाडौं । नेपालको ए डिभिजन क्लब त्रिभुवन आर्मी एफसी डुरान्ड कप फुटबलमा आफ्नो दोस्रो खेलमा आइएसएल क्लब चेन्नाइयीन एफसीसँग ३-० ले पराजित भएको छ ।

गुहावाटीस्थति इन्दिरा गान्धी एथ्लेटिक स्टेडियममा सोमबार भएको खेलमा चेन्नाइयीनले पहिलो हाफमा दुई र दोस्रो हाफमा १ गोल गवरेको हो ।

फारुख चौधरीले २२औं मिनेटमा गोल गर्दै चेन्नाइयीनलाई अग्रता दिलाएका थिए भने रहिम अलीले ४०औं मिनेटमापेनाल्टीमार्फत गोल गरी अग्रता दोब्बर पारे ।

८४औं मिनेटमा ब्राजिलियन खेलाडी राफेल क्रिभेलारोले चेन्नाइयीनका लागि तेस्रो गोल गरे ।

समूह ई मा आर्मीको यो पहिलो हार हो । पहिलो खेलमा आर्मीले दिल्ली एफसीसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको थियो ।

लगातार दोस्रो खेल जितेको चेन्नाइयीन समूहको एक खेल खेल्नुअघि नै क्वाटरफाइनलमा प्रवेश गरेको छ । दुई जितबाट ६ अंक जोडेको चेन्नाइयीन समूह विजेता बन्ने पक्का छ । दुई खेलपछि दिल्लीको २ तथा आर्मी र हैदरादको समान १ अंक छ ।

अब आर्मीले समूहको अन्तिम खेल अगष्ट २२ मा हैदरवादसँग खेल्नेछ ।

प्रतियोगितामा सहभागि २४ टोलीलाई ६ समूहमा विभाजन गरेर खेलाइएको छ । जहाँ हरेक समूहको विजेता ६ टिम र दोस्रो हुनेमध्ये उत्कृष्ट २ टिम क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?