+
+

एनसीसी कपको उपाधि हक्का इसपाइसेजलाई, नरेश बुढाऐर म्यान अफ द म्याच

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३० गते ११:३०

३० साउन, काठमाडौं । नेप्लिज क्यानडियन क्रिकेट क्लबले आयोजना गरेको एनसीसी कपको सातौ संस्करणको उपाधि हक्का इसपाइसेजले जितेको छ ।

फाइनल खेलमा टस जित्दै ब्रेक एण्ड प्लेविरुद्ध पहिले ब्याटिङ गरेको हक्का इसपाइजेजले २० ओभरमा पाँच विकेट गुमाउँदै १९५ रन बनायो ।

नरेश बुढाऐरले पाँच चौका र ७ छक्काको मद्दतले ४१ बल खेल्दै ९२ रनको योगदान गरे भने प्रवेश मल्लले १ चौकाको मद्दतले ५० बल खेल्दै ५० रनको योगदान गरेका थिए । सागर खनालले ३ चौकाको मद्दतले १८ बलमा २४ रनको योगदान गरे ।

ब्रेक एण्ड प्लेका लागि मन विकेले तीन, सुजन बोहराले एक विकेट लिए ।

१९६ रनको लक्ष्य पछ्याएको ब्रेक एण्ड प्लेले ६ विकेट गुमाएर १११ रनमात्रै बनायो ।ब्रेक एण्ड प्लेका लागि जूनेसले तीन चौका र एक छक्काको मद्दतले २२ बलमा ३० रन बनाउनबाहेक अरु ब्याटर चल्न सकेनन् ।

हक्काका लागि सागर, आसीसले २/२, प्रवेश र आलोकले एक/एक विकेट लिए ।

खेलको म्यान अफ द म्याच हक्काकै नरेस बुढाऐर भए ।

प्रतियोगिताको उपाधि जितेको हक्काले चार हजार डलर र उपविजेता ब्रेक एण्ड प्लेले दुई हजार डलर प्राप्त गरेका छन् ।

डीक्सी-४०७ क्रिकेट ग्राउण्डमा भएको प्रतियोगितामा आठ टिमको सहभागी थिए ।

छैटौ संस्करणको उपाधि भने बेलचोक ब्वाइजले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?