+
+

एक वर्षभित्र नेपाली ब्रान्डको विद्युतीय गाडी उत्पादन लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २५ गते १६:३८

२५ वैशाख,विराटनगर । कोसी एनके मोटर्स प्रालिले एक वर्षभित्र विराटनगरबाट नेपाली ब्रान्डको विद्युतीय सवारीसाधन उत्पादन गर्ने लक्ष्य राखेको छ ।

चीनको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनीसँग विद्युतीय गाडी उत्पादनका लागि सम्झौता गरेको कोसी एनके मोटर्सले  एक वर्षभित्र ठूला बस उत्पादन गर्ने तयारी गरेको हो ।

‘एक वर्षभित्रै उत्पादन सुरु गर्ने गरी फास्ट ट्रयाकबाट काम गर्छौं,’ प्रालि अध्यक्ष टीकाराम पुरीले भने, ‘सुरुमा विद्यालय तथा कलेज प्रयोजनका सवारीसाधन उत्पादन हुन्छ, क्रमशः सबै किसिमका उत्पादन गर्ने लक्ष्य छ ।’

चिनियाँ कम्पनीले प्राविधिक सहयोग गर्ने जानकारी दिँदै उनले सम्पूर्ण लगानी कोसी मोटर्सले नै गर्ने बताए । ‘लगानी कोसी एनके मोटर्सले नै गर्ने हो, चिनियाँ कम्पनीले हामीलाई प्राविधिक सहयोग गर्ने हो,’ उनले भने, ‘कम्पनीका पार्ट्स तथा आवश्यक कच्चापदार्थ हामीले खरिद गर्ने  र दुई वर्षसम्म दक्ष प्राविधिक जनशक्ति हामीलाई सहयोग गर्ने सम्झौता भएको छ ।’

नेपालमा उत्पादन हुने सवारीसधन नेपाली ब्रान्डकै हुने उनले बताए ।

नेपालमा सबै किसिमका सवारीसाधन उत्पादन गर्ने लक्ष्यसहित १७ वैशाखमा कोसी एनके मोटर्स र चीनको स्यामन गोल्डेन ड्रागन अटोबडीबीच सम्झौता भएको थियो ।

अध्यक्ष पुरीले मोरङ बुढीगंगामा गाडी उत्पादनका लागि १५ विघा क्षेत्रफलमा कम्पनीको संरचना तयार गरिने बताए । ३ अर्ब रुपैयाँ लागत रहने कम्पनीले नेपाली परिवेश र आवश्यकता अनुसार विद्युतीय गाडी उत्पादन गर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?