+
+

महराका विषयमा सीआईबीले केही दिनमै प्रक्रिया अघि बढाउँछ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३० गते १९:००

३० साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिइसकेको बताएका छन् ।

मंगलबार प्रमुख सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई महरालाई पनि प्रतिवादी बनाउन आग्रह गरिएको बताए ।

‘महराजी र उहाँको छोरालाई कि त नाम लेख्नुहुन्न कि त प्रतिवादी बनाउनु पर्‍यो भनेका छौं, अब प्रतिवादी बनाउने तयारी हुँदैछ’, प्रधानमन्त्रीले भने, ‘केही दिनमै प्रहरीले प्रक्रिया अगाडि बढाउँछ ।’

भेपमा लुकाएर गरिएको सुन तस्करी प्रकरणमा मुछिएका चिनियाँ व्यापारीसँग महरा र उनका छोरा राहुलको पटक पटक कुराकानी भएको पाइएको सीआईबीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको थियो । तर, उनीहरुमाथि अनुसन्धान भएको छैन भने मुद्दा पनि चलाइएको छैन । माओवादी नेता भएकै आधारमा उनले छुट पाएको भन्दै आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?