+
+

कित्ताकाटको निर्णय कार्यान्वयन गर्न ३ महिना लाग्यो : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३१ गते १३:४६

३१ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कित्ताकाट खुलाउने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न तीन महिना लागेको बताएका छन् ।

तीन महिनाअघि नै मन्त्रिपरिषद्ले कित्ताकाट खोल्ने निर्णय गरे पनि विभिन्न कारणले समयमा कार्यान्वयन हुन नसकेको भन्दै उनले बेलैमा कार्यान्वयन भएको भए अर्थतन्त्रमा परेको दबाब कम भइसक्ने दाबी गरे ।

बुधबार अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउने कार्यक्रमको उद्घाटन कार्यक्रममा उनले मन्त्रिपरिषद्ले गरेका निर्णय पनि समयमा कार्यान्वयन गराउन नसक्ने परिस्थिति रहेको टिप्पणी गरेका हुन् ।

‘कहिलेकाहीं क्याबिनेटका कुरा पनि तुरुन्तै कार्यान्वयन गर्न कठिन भएको अनुभव गरेको छु । हिजो मात्र हामीले क्याबिनेटबाट कित्ताकाट सम्बन्धी निर्णय गरेका छौं । अर्थतन्त्रमाथि परेको अहिलेको दबाब हटाउने एउटा महत्वपूर्ण माध्यम हो भन्ने निजी क्षेत्रलगायत सबैको पनि चाहनाको आधारमा गरेको यो निर्णय कार्यान्वयन गर्न तीन महिना लाग्यो’ उनले भने ।

कित्ताकाटको निर्णय त्यतिबेलै कार्यान्वयन गर्न सकेको भए अर्थतन्त्रमा धेरै सुधार भइसक्ने प्रधानमन्त्री प्रचण्डले दाबी गरे ।

सरकारले चाहे जसरी काम गर्न नसकेको भन्दै उनले विगतमा नीतिनियम, कार्यशैली र संस्कारले अप्ठेरो परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?