+
+

वैदेशिक रोजगारीको कथामा फिल्म ‘प्रस्थान’ बनाउँदै हसनराजा खान

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३२ गते १२:५८

काठमाडौं । वैदेशिक रोजगारीको कथामा फिल्म ‘प्रस्थान’ बन्ने भएको छ । अमेरिकामा भएको छैटौं ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रममा निर्माता हसनराजा खानले फिल्मको घोषणा गरेका हुन् । फिल्मको निर्देशन पनि हसनले नै गर्नेछन् ।

व्यवसायको सिलसिलामा यूएईको दुबईमा बस्दै आएका हसनले फिल्मको छायांकन यूएई र नेपालमा हुने जानकारी दिए । यो फिल्मको निर्माणमा दुबईको कम्पनी किब्रा इभेन्ट्सले समेत सहकार्य गर्नेछ ।

वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने नेपालीको कथा प्रस्तुत गर्ने फिल्मको बजेट तीन करोड  रुपैयाँ हाराहारीमा हुने हसनले बताए । उनका अनुसार फिल्मलाई हिन्दी भाषामा समेत डब गर्ने तयारी छ ।

हसनले यसअघि ‘अलबिदा’ र ‘रोमियो’ फिल्म निर्माण गरेका थिए भने रोमियोमा अभिनयसमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?