+

पूर्वाञ्चल विश्वविद्यालय फुटसल प्रतियोगिता हुने

२०८० साउन  ३२ गते १७:३५ २०८० साउन ३२ गते १७:३५
पूर्वाञ्चल विश्वविद्यालय फुटसल प्रतियोगिता हुने

३२ साउन, काठमाडौं । विराटनगर सिटी फुटबल क्लबको आयोजनामा पूर्वाञ्चल विश्वविद्यालय पुरुष फुटसल प्रतियोगिता हुने भएको छ ।

भदौ १७ देखि २६ सम्म हुने प्रतियोगिता काठमाडौंस्थित आर्किड कलेजको फुटसल मैदानमा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका कलेजहरुले सहभागिता जनाउन पाउनेछन् ।

प्रतियोगिता नकआउट पद्दतिका आधारमा हुनेछ । प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस प्रतियोगिताले पूर्वाञ्चल विश्वविद्यालयको खेलकुदमा ऐतिहासिक छाप छोड्ने आयोजकको विश्वास छ ।

फुटसल प्रतियाेगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय