+
+

फिल्म ‘जय हो’को नयाँ गीतमा रोमान्टिक सलोन र केकी

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३२ गते २१:१९

काठमाडौं । सलोन बस्नेत र केकी अधिकारीको शीर्ष भूमिका रहेको फिल्म ‘जय हो’को नयाँ गीत सार्वजनिक गरिएको छ । गीतमा शब्द, संगीत र स्वर सलोन स्वयमकै छ ।

रोमान्टिक स्वादमा बुनिएको गीतको भिडियोमा सलोनले केकीसँग अनस्क्रिन रोमान्स पनि गरेका छन् । गीतमा रोमान्ससँगै यी दुई कलाकारको नोकझोक पनि देख्न सकिन्छ । ‘सपनाको वेडिङ्ग’ बोलको गीतको प्रेमिका फकाउन पुरुष पात्रले गर्ने कोरियोग्राफी प्रस्तुत गरिएको छ । होम प्रोडक्सन ब्यानरमा निर्माण भएको फिल्मको संगीतमा पनि सलोनले सघाएका छन् ।

अभिनेता भएर पनि सलोनको झुकाव संगीतमा समेत छ । यसअघि पनि उनले आफ्नै आवाजमा केही गीत ल्याइसकेका छन् । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् ।

सुरज ल्वागन र राज अधिकारीको लगानीमा निर्माण भएको फिल्ममा केकी र सलोनसहित माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ, कुमार थिङ र सुबि मगर अभिनय छ ।

भदौ ८ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?