+
+

सलोनले बनाउने ‘युनिभर्सिटी अफ गुण्डाज्’बाट कमब्याक गर्दै सलिन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १५ गते १७:५९
फाइल तस्वीर

काठमाडौं । अभिनेता सलोन बस्नेत अब फिल्म निर्माता बन्ने भएका छन् । उनको ब्यानर सलोन-सलिना फिल्म्सको ब्यानरमा एक्सन फिल्म ‘युनिभर्सिटी अफ गुण्डाज्’ निर्माण हुने भएको छ ।

मंगलबार टिजर पोस्टर सार्वजनिक गर्दै सलोनले फिल्मको औपचारिक घोषणा गरेका हुन् । यो फिल्मको शीर्ष भूमिकामा सलोन र सलिनमान बनियाँले अभिनय गर्नेछन् । पोस्टरमा यी दुई एक्टरलाई एक्सन मुडमा देख्न सकिन्छ । २०७५ सालमा रिलिज भएको फिल्म ‘यात्रा’पछि सलिनले यही फिल्मबाट कमब्याक गर्दैछन् ।

सलोन र सलिन मिल्ने साथी पनि हुन् । निर्देशक र अभिनेत्री तय हुन बाँकी रहेको सलोनले बताए । ‘अहिले निर्देशक छनोटको काम भइरहेको छ । चाँडै टुंगो लाग्ला । स्क्रिप्टलाई पूर्णता दिंदैछौं,’ उनले भने ।

सलोनले २०८१ सालभित्रै फिल्म निर्माण र प्रदर्शनको लक्ष्य लिइएको बताए । यो फिल्मको घोषणासँगै सलोन र सलिनका फ्यान उत्साहित अवश्य हुनेछन् ।

सलोनको कुरा गर्दा उनीसँग ‘राजमहल’ र ‘अवतार’ दुई फिल्म लाइनअपमा छन् । वैशाख अन्त्यतिर सलोन दम्पती आमाबुवा समेत बन्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?