+
+

‘गणपति’ सेप्टेम्बरमा विश्व बजारमा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १ गते १२:०२

काठमाडौं । चर्चामा रहेको फिल्म ‘गणपति’ स्वदेशसहित एकसाथ विश्व बजारमा प्रदर्शन हुने भएको छ । सेभेन सिज इन्टरटेन्मेन्टले यो फिल्मलाई विश्वव्यापी रिलिज गर्न लागेको हो ।

नेपालमा भने यो फिल्म भदौ १४ मा रिलिज हुँदैछ । दर्शकको चासोलाई ध्यानमा राख्दै ‘गणपति’ विश्व बजारमा प्रदर्शन गर्न लागेको सेभेन सिजका विनोद पौडेलले जानकारी दिए ।

सेभेन सिज र रिजाल एण्ड रिजाल प्रोडक्सनबीच बिहीबार इन्टरनेसनल राइट खरिद–बिक्री सम्झौता भएको हो । सम्झौताअनुसार अब यो फिल्म अमेरिका, क्यानडा र बेलायतमा सेप्टेम्बर १ मा प्रदर्शन हुने भएको छ ।

मध्यपूर्व, न्युजिल्याण्ड र अष्ट्रेलियाका हलमा १५ सेप्टेम्बरमा प्रदर्शन हुने जनाइएको छ भने अन्य मुलुकको मिति तोक्न बाँकी छ । मध्यपूर्वका रमेश ढकाल, अष्ट्रेलियाका पौडेल र अमेरिकाका प्रतीक सुवेदी मिलेर गत महिना कम्पनी खोलेका हुन् ।

‘हामी कन्टेन्ट र मेकिङ हेछौं,’ ‘गणपति’बारेमा पौडेलले भने, ‘कन्टेन्ट राम्रो लागेको र दर्शकले रुचि दिएको पाएकाले छोटो अवधिमै फिल्मलाई प्रदर्शन गर्न लागेका हौं ।’ सविन अधिकारीको लेखन र निर्देशनमा बनेको फिल्ममा मुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, स्व. जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमिरे, पुष्कर गुरुङ र अंशु मानन्धरको अभिनय छ ।

रोनाल्ड श्रेष्ठ क्रिएटिभ हेड रहेको फिल्मको प्रस्तुतकर्ता रामप्रसाद र निर्माता लक्ष्मण रिजाल हुन् । कार्यकारी निर्माता विज्ञान केसी, अरविन्द गिरी र सहनिर्मातामा बनिश शाह छन् । फिल्मलाई हरिबहादुर घलेले खिचेका हुन् ।

विपिन मल्लले सम्पादन गरेको फिल्मको नृत्य निर्देशक कविराज गहतराज हुन् । तनहुँ जिल्लाको विभिन्न स्थानमा खिचिएको फिल्मको नेपाल वितरण श्रीराम बालाजी फिल्म्स र एफडीले गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?