+
+

एक्सका भिडियो कसरी डाउनलोड गर्ने ?

एजेन्सी एजेन्सी
२०८१ वैशाख ३० गते ७:३८

माइक्रो ब्लगिङ साइट एक्स विभिन्न प्रकारका लोकप्रिय भिडियोहरुको विशाल भण्डार नै बनिसकेको छ र यहाँ भाइरल भिडियो देखि निकै मननयुक्त भिडियोहरु समेत हेर्न पाइन्छ ।

तर एक्समा उपलब्ध रहेका भिडियोहरू डाउनलोड गर्न सकिने सुविधा भने छैन । यसले गर्दा एक्स प्रयोगकर्तालाई निरास बनाउन सक्दछ । यद्यपि केही उपायहरु लगाएर तपाइँले एन्ड्रोइड, आइओएस, म्याक वा पर्सनल कम्प्युटर जुनसुकै डिभाइसमा एक्सका भिडियोहरु डाउनलोड गर्न सक्नुहुन्छ।

एन्ड्रोइड प्रयोगकर्ताका लागि थर्ड पार्टी एपहरुको सहयोगमा एक्स एपबाट भिडियो लिंक कपी गरेर आफुले चाहेको भिडियो सामग्री डाउनलोड गर्न सकिन्छ ।

त्यस्तै आइओएस डिभाइसमा पनि यस्तै एपहरुको सहयोगमै एक्सका भिडियो डाउनलोड गर्न सक्नुहुन्छ। यी एपहरुले प्रयोगकर्तालाई एक्सबाट भिडियो लिंक कपी गरेर त्यो लिंकलाई सम्बन्धित एपको डाउनलोड इन्टरफेसमा हालेर आफूले चाहेको भिडियो डाउनलोड गर्न सकिने सुविधा प्रदान गर्दछन् ।

कम्प्युटरमा एक्सबाट भिडियो कसरी डाउनलोड गर्ने ?

एक्समा भिडियो हेर्ने तथा शेयर गर्ने कुरा सामान्य छ । तर, सोझो तरिकाले तपाईंले आफ्नो कम्प्युटर, स्मार्टफोन वा ट्याबलेटमा ती भिडियोहरु सेभ गर्न सक्नुहुन्न । यसका लागि तपाईंले वैकल्पिक उपाय अपनाउनु पर्दछ ।

कम्प्युटरमा भिडियो डाउनलोड गर्न तुलनात्मक रुपमा सहज छ र अतिरिक्त सफ्टवेयर इन्स्टल गर्न पर्दैन । तपाईंले यसरी एक्सको भिडियो आफ्नो कम्प्युटरमा डाउनलोड गर्न सक्नुहुन्छ :

  • एक्समा लगइन गरी आफूले डाउनलोड गर्न चाहेको भिडियो भएको पोस्टमा जानुहोस्
  • उक्त पोस्टको मितिमा दायाँ क्लिक गर्नुहोस्,
  • त्यसपछि एउटा मेन्यू देखापर्दछ । त्यहाँ Copy link address अप्सन छान्नुहोस् । यसो गर्दा उक्त पोस्टको वेब ठेगाना कम्प्युटरको क्लिपबोर्डमा सुरक्षित हुन्छ ।
  • तत् पश्चात् आफ्नो कम्प्युटरको वेब ब्राउजरमा DownloadTwitterVideo.com नामक वेबसाइट लगअन गर्नुहोस् ।
  • सो साइटको निर्धारित ठाउँमा ट्वीटरको पोस्टबाट तपाईंले यसअघि copy गरेको वेब एड्रेसलाई paste गर्नुहोस् ।
  • त्यसपछि Enter थिच्नुहोस् ।
  • उक्त वेबसाइटले त्यसपछि दुईवटा विकल्पका बटन देखाउनेछ । पहिलोमा न्यून रिजोलुसनको एम पी ४ भिडियो डाउनलोड गर्ने र दोश्रोमा उच्च रिजोलुसनको एमपी ४ एचडी भिडियो डाउनलोड गर्ने भन्ने हुन्छ ।
  • आफूले चाहेको भिडियो क्वालिटी छानेर डाउनलोड बटनमा क्लिक गर्नुहोस् । अनि Right click here and choose ‘Save link as…  भन्ने सन्देश देखिनेछ । सोही बमोजिम गर्नुहोस् । तपाईंले चाहेको एक्सको भिडियो डाउनलोड हुनेछ ।
  • एन्ड्रोइडमा एक्सका भिडियो कसरी डाउनलोड गर्ने ?
    यसका लागि निश्चित तेश्रोपक्ष एप डाउनलोड गर्नुपर्ने हुन्छ । तर यो प्रक्रिया भने निकै छरितो तथा सजिलो छ :
  • आफ्नो मोबाइलमा प्लेस्टोरबाट +Download  नामक एप डाउनलोड गर्नुहोस् । डाउनलोड भएका भिडियोलाई अफलाइनमा पनि चलाउनका लागि यो एप आवश्यक पर्दछ।
  • त्यसपछि फोनमा एक्स एप खोल्नुहोस् र आफूले डाउनलोड गर्न चाहेको भिडियो भएको पोस्टमा जानुहोस् ।
  • उक्त पोस्टको तलपट्टि रहेको share बटनमा ट्याप गर्नुहोस् र विकल्पहरुमध्ये Share via छान्नुहोस्
  • शेयर गर्नका लागि उपलब्ध एपहरुको सूचीमध्ये +Download मा जानुहोस् र त्यसमा ट्याप गर्नुहोस् । त्यसो गर्दा उक्त एपले डाउनलोड गर्नका लागि सो भिडियो लिंक प्राप्त गर्दछ।
  • अब तपाईं चाहेको उक्त भिडियो आफै डाउनलोड हुन सुरु गर्दछ । यदि भिडियोको डाउनलोड अटोम्याटिक रुपमा सुरु भएन भने तपाईंले प्लस डाउनलोड एपमा रहेको डाउनलोड बटन थिच्न सक्नुहुन्छ।
  • तपाईंको फोनको सेटिंग्स अनुसार तपाईंले +Download  एपलाई आफ्नो डिभाइसमा सेभ हुनका लागि अनुमति दिनुपर्ने हुनसक्छ । यदि यसो भएमा डाउनलोड गर्ने बेलामा Allow छनोट गरेर ट्याप गर्नुहोस् ।

 

आइफोन र आइप्याडमा एक्स भिडियो कसरी डाउनलोड गर्ने ?

सोसल मिडियाका भिडियोहरु आइफोन तथा आइप्याडमा डाउनलोड गर्ने काम एन्ड्रोइड फोनको तुलनामा केही जटिल छ । यसका लागि निम्नानुसारको तरिका अपनाउन सकिन्छ :

  • आफ्नो आइफोन वा आइप्याडमा एप स्टोरबाट नि:शुल्क रुपमा उपलब्ध MyMedia एप डाउनलोड गर्नुहोस्
  • त्यसपछि एक्स खोल्नुहोस् र आफूले डाउनलोड गर्न चाहेको भिडियो भएको पोस्टमा जानुहोस्
  • उक्त पोस्टमा ट्याप गर्नुहोस् ताकि टेक्स्ट र भिडियो फाइल सबै स्क्रिनमा देखियोस् । कुनै पनि इम्बेडेड लिंक वा ह्यासट्यागमा ट्याप नगर्नुहोस् ।
  • Heart icon को छेउँमा रहेको बाँणजस्तो आइकनमा ट्याप गर्नुहोस्
  • त्यहाँ देखिने अप्सनमध्ये Share via छान्नुहोस्
  • त्यसपछि Copy Link अप्सन छानेर उक्त एक्स पोस्टको वेब एड्रेस आफ्नो डिभाइसको क्लिपबोर्डमा सेभ गर्नुहोस्
  • MyMedia एपमा खोल्नुहोस् र पिँधमा रहेको मेन्यूबाट Browser अप्सनमा ट्याप गर्नुहोस्
  • एपको माथिल्लो भागमा रहेको वेब एड्रेस हाल्ने ठाउँमा www.TWDown.net लेखेर Go मा ट्याप गर्नुहोस् । यसले माइमिडिया एपभित्र उक्त वेबसाइट लोड गर्दछ।
  • उक्त वेबपेज तल स्क्रोल गर्दै Enter Video लेखेको ठाउँसम्म पुग्नुहोस् । उक्त ठाउँमा ट्याप गर्नुहोस् र paste अप्सन देखाउनका लागि केहीबेर औँलाले थिच्नुहोस् ।
  • त्यसपछि देखिने Paste  मा थिच्नुहोस्, यसो गर्दा तपाईंले यसअघि कपी गरेको एक्सको भिडियो लिंक उक्त ठाउँमा पेस्ट हुन्छ।
  • त्यसको छेउमा रहेको D बटनमा ट्याप गर्नुहोस्
  • वेबपेज पुनः लोड हुनेछ र विभिन्न साइज र रिजोलुसन गुणस्तरका भिडियो डाउनलोड गर्ने विकल्प सहितका विभिन्न डाउनलोड लिंकहरु देखिन्छन् । आफूले चाहेको भिडियो गुणस्तरको लिंक छान्नुहोस् ।
  • सो डाउनलोड लिंकमा ट्याप गरेपछि एउटा मेन्यू देखापर्नेछ । त्यसपछि Download the File अप्सनमा ट्याप गर्नुहोस् र सेभ गर्ने भिडियोको नाम राख्नुहोस् ।
  • MyMedia एपको पिँधको मेन्यूमा आउनुहोस् र Media  मा ट्याप गर्नुहोस् । त्यहाँ तपाईंले सेभ भएको भिडियोको सूचि देख्नुहुन्छ।
  • त्यहाँ रहेको भिडियोको फाइल नाममा ट्याप गर्नुहोस्
  • त्यपछि पुनः अर्को मेन्यू देखापर्नेछ । त्यसमा रहेका विभिन्न अप्सनमध्ये Save to Camera Roll मा ट्याप गर्नुहोस् । यसो गरिसकेपछि तपाईंले एक्सबाट डाउनलोड गरेको भिडियो तपाईंको आइफोन वा आइप्याडको क्यामेरा रोल फोल्डरमा गएर बस्नेछ ।
लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?