+

रोमियो लाभिया चेल्सीमा आवद्ध

२०८० भदौ  १ गते १८:४१ २०८० भदौ १ गते १८:४१
रोमियो लाभिया चेल्सीमा आवद्ध

१ भदौ, काठमाडौं । बेल्जियमका मिडफिल्डर रोमियो लाभिया ५ करोड ८० लाख पाउण्डमा चेल्सीमा आवद्ध भएका छन् ।

चेल्सीले उनलाई साउथहेम्टनबाट भित्र्याएको हो । १९ वर्षीय युवा मिडफिल्डर लाभियाले ७ वर्ष लामो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

उनको हरेक वर्ष ५० लाख पाउण्ड बढ्दै जाने गरि सम्झौता गरेका हुन् ।

चेल्सीमा आवद्ध भएपश्चान लाभियाले आफू निकै खुसी रहेको बताएका छन् । ‘म चेल्सीमा आवद्ध हुन पाउँदा निकै खुसी छु । म एउटा उत्कृष्ट इतिहास बोकेको क्लबसँग आवद्ध भई खेल्न निकै उत्सुक छु,’ उनले भने, ‘म मेरा नयाँ टिमका साथीहरुसँग भेटी नयाँ समबन्धको विस्तार गर्न उत्साहित छु । हामी एक नयाँ र उत्कृष्ट कुराहरु सँगै हाँसिल गर्नेछौं ।’

लाभियालाई यो ट्रान्सफर विन्डोमा आफ्नो क्लबमा भित्र्याउने दौडमा लिभरपुल पनि रहेको थियो ।

लाभियाले गत सिजन साउथह्याम्पटनका लागि ३४ खेल खेलेका थिए । गत सिजन नै साउथह्याम्पटन गएका उनले क्लबलाई रेलिगेसनबाट भने बचाउन सकेनन् ।

बेल्जियन क्लब एन्डरलेक्टको एकेडेमीबाट आएका लाभियालाई म्यानचेस्टर सिटीले २०२० मा क्लब भित्र्याएको थियो ।

सिटीका लागि भने लाभियाले दुई खेल मात्र खेलेका थिए । सिटीमा धेरै अवसरहरू नपाएपछि उनले गत वर्ष साउथह्याम्पटनको यात्रा तय गरेका थिए ।

लाभियाले बेल्जियम राष्ट्रिय टोलीबाट पनि डेब्यू गरिसकेका छन् । उनले यसै वर्ष जर्मनीका विरुद्ध डेब्यू गरेका थिए ।

साउथह्याम्पटनले लिभरपुलको प्रस्ताव स्वीकार गरे पनि लाभिया आफैंले चेल्सी रोजेको युरोपेली सञ्चारमाध्यमले जनाएका छन् । चेल्सीले यसै साता अर्का मिडफिल्डर मोइजेस काइसेलाई भित्र्याएको थियो ।

चेल्सी रोमियो लाभिया

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय