+
+

तस्करीको सुन २४ क्यारेटको

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३ गते २०:२९

३ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाहिरबाट बरामद भएको तस्करीको सुनको गुणस्तर २४ क्यारेट नै रहेको पुष्टि भएको छ । राष्ट्र बैंकको टक्सार विभागले गरेको गुणस्तर परीक्षणमा छापावाल सुन २४ क्यारेटको रहेको देखिएको हो ।

स्कुटरको ‘ब्रेक सु’मा लुकाएर आयात गरिएको सुन २ साउनमा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । उक्त सुन २९ साउनमा टक्सार विभागले गालेको थियो ।

१५५ किलो कुल तौलको ‘ब्रेक सु’सहितको सुन छुट्याएर गाल्दा ६० किलो ७६१ ग्राम निस्किएको थियो । ‘सोही सुनको टच जाँच गर्दा गुणस्तर पत्ता लागेको हो,’ टक्सार विभाग स्रोतले भन्यो, ‘उक्त सुन ९९.९९ प्रतिशतको उच्च गुणस्तरको रहेको पाइयो ।’

उक्त सुनलाई अब राष्ट्र बैंकले सरकारसँग सल्लाह गरेर अन्तर्राष्ट्रिय मूल्यमा ५ प्रतिशत रकम थप गरेर खरिद गर्ने विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?