+
+

जितु, मिलन, शान्तिश्रीले दुबईमा मनोरञ्जनात्मक प्रस्तुति दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते २०:५३

काठमाडौं । हास्य कलाकार जितु नेपाल लगायतले दुबईमा मनोरञ्जनात्मक प्रस्तुति दिने भएका छन् । रेमिटेन्स प्रवर्धनको लागि सिटी एक्सप्रेस मनी ट्रान्सफरले मे १९ मा कार्यक्रम गर्न लागेको हो ।

दुबईको बरदुबईस्थित एसके सेभेन क्लबमा सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरका व्यवसायिक दूत तथा हास्य कलाकार नेपालसहित गायिका मिलन नेवार र शान्तिश्री परियार, गायक खेम सेन्चुरी र कलाकार अञ्जली अधिकारीले प्रस्तुति दिन लागेका हुन् ।

ग्राहक तथा युएईस्थित नेपाली समुदायलाई मनोरञ्जन दिलाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले जनाएको छ । यो संस्थाले १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?