News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता जितु नेपालको एकल लगानीमा निर्माण भएको फिल्म ‘आइएम जीतबहादुर’को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ ।
- शुभेन्दु घोष निर्देशित यस फिल्ममा अभिनेता जितु नेपाल र अभिनेत्री वर्षा राउत मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।
- यो फिल्म गाउँबाट शहर छिरेका एक युवकले कलाकार बन्नका लागि गर्ने संघर्षको कथामा आधारित छ ।
काठमाडौँ । अभिनेता जितु नेपालको निर्माणमा बनेको फिल्म ‘आइएम जीतबहादुर’को ट्रेलर सार्वजनिक भएको छ । आयोजित पत्रकार सम्मेलनमा ट्रेलर प्रदर्शन समेत गरियो ।
सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे संक्षिप्त प्रकाश पार्छ । गाउँबाट सपना बोकेर शहरमा आएका युवाले कलाकार बन्नका लागि गर्ने संघर्षको कथावस्तुमा फिल्म आधारित छ ।
ट्रेलर हेर्दा, फिल्ममा जितुले भिन्न पात्रमा अभिनय गरेको देखिन्छ, जहाँ ती पात्रले कलाकार बन्ने सपनासँग डटिरहेका हुन्छन् । यो फिल्मको कथावस्तु आफ्नो करिअरसँग आंशिक मिल्दोजुल्दो रहेको पनि जितुले बताइसकेका छन् ।
शुभेन्दु घोषको निर्देशनमा बनेको फिल्ममा जितुको अपोजिटमा वर्षा राउत देखिएकी छन् । फिल्ममा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, पवन खतिवडा, निरज नेपाल, अंशु महर्जनको पनि अभिनय छ ।
कर्मभूमि क्रिएशनको ब्यानरमा फिल्म निर्माण भएको हो । फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ । जितुले पहिलोपटक आफ्नै लगानी र एकल निर्माण भएर फिल्म बनाएका हुन् ।
प्रतिक्रिया 4