+
+
Shares

एसियाली देशलाई अमेरिकी रक्षामन्त्रीको सुझाव– चीनको प्रभुत्व रोक्न सैन्य खर्च बढाउनुस्

सिंगापुरमा आयोजित ‘साङ्ग्री-ला डायलग’ लाई शनिबार सम्बोधन गर्दै रक्षामन्त्री हेगसेथले चीनको तीव्र सैन्य विस्तारप्रति आफ्नो धारणा राखेका  हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १६ गते १७:४२

अमेरिकाका रक्षामन्त्री पिट हेगसेथले एसियाली राष्ट्रहरूलाई चीनको बढ्दो शक्ति र क्षेत्रीय प्रभुत्वलाई रोक्नका लागि आफ्नो सैन्य खर्च बढाउन आग्रह गरेका छन् ।

सिंगापुरमा आयोजित ‘साङ्ग्री-ला डायलग’ लाई शनिबार सम्बोधन गर्दै रक्षामन्त्री हेगसेथले चीनको तीव्र सैन्य विस्तारप्रति आफ्नो धारणा राखेका  हुन् ।

उनले सम्भावित आक्रमण रोक्न र शक्तिको सन्तुलन कायम राख्न मित्रराष्ट्रहरूको आत्मनिर्भर सञ्जाल आवश्यक रहेको कुरामा जोड दिएका छन् ।

अमेरिकाले आफ्नो सेनामा १.५ ट्रिलियन डलर लगानी गर्ने प्रतिबद्धता जनाइरहँदा एसियाली देशहरूले पनि आफ्नो रक्षा खर्च कुल गार्हस्थ्य उत्पादनको ३.५ प्रतिशत पुर्‍याउनुपर्ने अपेक्षा उनले राखेका छन् ।

रक्षामन्त्री हेगसेथले धनी राष्ट्रहरूको रक्षाका लागि अमेरिकाले अनुदान दिने युग समाप्त भएको घोषणा गर्दै मित्रराष्ट्रहरूले आफ्नो रक्षा खर्चको भार आफैँ उठाउनुपर्ने स्पष्ट पारेका छन् ।

अमेरिका र चीनबिचको सम्बन्धका बारेमा बोल्दै उनले विगत धेरै वर्षहरूको तुलनामा हाल सम्बन्ध सुमधुर रहेको र सैन्य तहको संवादले तनाव कम गर्न मद्दत पुर्‍याएको बताएका छन् ।

पश्चिम एसियाको द्वन्द्वका बारेमा बोल्दै हेगसेथले कूटनीति असफल भएमा इरानमाथि पुन: आक्रमण गर्न अमेरिका तयार रहेको बताए । उनले राष्ट्रपति डोनाल्ड ट्रम्प इरानलाई आणविक हतियार प्राप्त गर्न नदिन दृढ रहेको उल्लेख गरे ।

ताइवानलाई हतियार बिक्री गर्ने विषयमा सोधिएको प्रश्नमा उनले त्यो निर्णय राष्ट्रपति ट्रम्पकै हातमा रहने स्पष्ट पारे । चीनले आफ्नो क्षेत्र दाबी गर्ने ताइवानले अमेरिकाबाट १४ अर्ब डलरसम्मको हतियार खरिदको स्वीकृतिको प्रतीक्षा गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?