+
+
Shares

तनहुँमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १६ गते १७:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बसको ठक्करबाट ६९ वर्षीय पैदलयात्री सम्मरबहादुर रानाभाटको मृत्यु भएको छ ।
  • दुर्घटनामा गम्भीर घाइते रानाभाटको दमौलीस्थित प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।

१६ जेठ, काठमाडौं । तनहुँ, म्याग्दे गाउँपालिका–१ गुणादीस्थित सडकमा पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बा.१ प ९२७ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६९ वर्षीय सम्मर बहादुर रानाभाटको शनिबार दिउँसो मृत्यु भएको हो ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?