+
+
Shares

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले गर्दैछ आँखाका जटिल रोगको उपचार

पछिल्लो समय राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आँखाको उपचारमा बिरामीको मन जित्दैआएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १६ गते १७:३६

१६ जेठ, दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले वैशाख महिनामा १४० जनामा जटिल आँखा रोगको उपचार गरेको छ । एक महिनाको अवधिमा आँखाको जटिल रोग लागेका १४० जनामा शल्यक्रियासहितको उपचार गरेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख सह–प्राध्यापक डा. सुरेश रसाइलीले उक्त एक महिनाको अवधिमा एक हजार ४२० जना आँखाका बिरामीको ओपीडीमा उपचार गरिएको छ । उनी आँखा विभागका प्रमुख पनि हुन् ।

पछिल्लो समय राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आँखाको उपचारमा बिरामीको मन जित्दैआएको छ । अहिले यहाँ दाङबाहेक रुकुम, रोल्पा, सल्यान, प्युठानसम्मका आँखाका बिरामी सेवाका लागि आउने गरेका छन् । जसले यी जिल्लाका बिरामीले आँखाको समस्या बोकेर काठमाडौंदेखि भारतसम्म पुग्नुपर्ने बाध्यता हटेको छ ।

आँखा रोग विशेषज्ञ डा. रसाइलीले प्रतिष्ठानमा आँखाको कोटरसम्बन्धी उपचार, आँखाको प्लास्टिक तथा पुनर्निर्माण शल्यक्रिया र आँखाको क्यान्सर उपचारजस्ता सेवाहरू विस्तार भएको बताए ।

‘पहिला यी सेवा दाङमा नपाउँदा आँखाका बिरामीहरूलाई काठमाडौं जानैपर्ने बाध्यता थियो, तर अहिले यहाँकै सेवाले त्यो अवस्था अन्त्य भएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?