८ पुस,बुटवल । स्वास्थ्य मन्त्रालयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको उपकुलपति नियुक्ति गर्न मंसिर २५ गते गरेको सूचना हाललाई रोक्न उच्च अदालत तुलसीपुरले अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।
उच्च अदालतका न्यायाधीशद्वय दुर्गाबहादुर विश्वकर्मा र यज्ञबहादुर राना मगरको सयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।
अदालतका सूचना अधिकारी कृष्णप्रसाद शर्माले प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक जनार्दन पन्थिले दायर गरेको रिटमा आज पुस ८ गते छलफलमा दुवै पक्षलाई बोलाएपछिको बहसमा अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।
यसअघि अल्पकालीन अन्तरिम आदेश उच्च अदालतका मुख्य न्यायाधीश राजेश्वर तिवारीको एकल इजलाशले दिएको थियो । उच्च अदालतको अन्तरिम आदेशको निरन्तरतापछि उपकुलपति नियुक्ति प्रकरण हाललाई रोकिन पुगेको छ ।
प्रतिक्रिया 4